तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:०५ PM
काठमाण्डु – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, चारआली, वीरगञ्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।