उपत्यकामा हराएका तथा चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:१९ PM
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । फिर्ता गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल