काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुनेछ। स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि रोड रेस आयोजना गर्दै आएको हो। यस वर्ष प्रतियोगिताको तेस्रो संस्करणमा खुला तथा कर्पोरेट विधातर्फ करिब एक हजार पाँच सय धावकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ। खुलातर्फ महिला तथा पुरुषका लागि १० किलोमिटर तथा ... The post २०औँ वार्षिकोत्सवमा गरिमा विकास बैंकले आयोजना गर्दै ‘गरिमा रोड रेस २०८३’ appeared first on Kalika Khabar.