उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन बन्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:१० PM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम सुरु गरेको छ। शुक्रबार आयोजित समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्। करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त भवन १२ तलाको हुनेछ। भवनमा दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौवटा तला रहने बैंकले जनाएको छ। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधिसहित भवनलाई उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन ... The post उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन बन्ने appeared first on Kalika Khabar.