काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार तथा निर्यात प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। युरोपेली संघ (ईयू) को ‘एभ्रिथिङ बट आर्म्स’ (ईबीए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपाली उत्पादनको निर्यात क्षमता अभिवृद्धि र बजारीकरणका लागि ईयूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो। निर्यात व्यवसायी महासंघ नेपालले ईयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले नेपालको निर्यात प्रवर्द्धनमा ईयूले पुर्याउँदै आएको सहयोग आगामी दिनमा ... The post ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष पूरा appeared first on Kalika Khabar.