झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख ५९ हजार रुपैयाँको पटाका नष्ट

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०० PM
झापा :  झापाका सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले बरामद गरेको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका शुक्रबार दिउँसो गणभित्रै नष्ट गरेको छ।  बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झा