काठमाण्डु- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा दलेलाले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गर्न नवनियुक्त राजदूतहरूलाई नेपाली सेनाको घोडचढी टोलीले सवारीसहित राष्ट्रपति कार्यालय पुर्याउने परम्परा छ। भारत, लाओस र पानामाका नवनियुक्त राजदूतहरूलाई पनि सेनाको