बाढी प्रभावित जिल्लामा कांग्रेसले ‘न्यानो कपडा’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ चलाउने

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:५८ AM
काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावित जिल्लाहरुमा न्यानो कपडा अभियान चलाउने भएको छ । जाडो बढ्दा स्थायी बासको प्रबन्ध नभएका बाढी प्रभावितहरुका लागि कांग्रेसले ‘न्यानो कपडा अभियान’ चलाउने भएको हो । आज बसेको कांग्रेस पदाधिकारी, संसदीय दलका नेता, भोटेकोशी बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सांसद तथा जिल्ला सभापति लगायतको बैठकले सो निर्णय गरेको हो ।