काठमाडौं । सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् । आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते भएका गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।