भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्।