काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रमा रहेका योग्य सक्रिय सदस्यहरू मध्येबाट मंसिर ४ देखि १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो। बैठकले यसअघिको निर्वाचन कार्यतालिकामा सामान्य संशोधन गर्दै स्वीकृत सक्रिय सदस्यहरूको नामावली कात्तिक ३० गते प्रकाशन गर्ने निर्णय गरेको छ। प्रकाशित नामावलीउपर मंसिर १ गतेभित्र दाबी–विरोध तथा नाम सच्याउन सकिनेछ। त्यस्तै, छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको फोटोसहितको नामावली मंसिर १२ गतेभित्र केन्द्रीय सचिवालय र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने निर्णय गरिएको ... The post मंसिर १० गतेभित्र राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट गर्ने appeared first on Kalika Khabar.