काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ३९ रनको जित दर्ता गरेको छ। ४ अंक लिएर छैटौं स्थानमा रहेको सुदूरपश्चिम रोयल्स तेस्रो जितको साथमा ६ अंक लिएर दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ६ विकेटको क्षतीमा १७६ रन बनाएको थियो। सूदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १३७ रन मात्रै जोड्न