अर्घाखाँची : अर्घाखाँचीमाबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ। सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।