पोखराको कप्तान परिवर्तन, टस जितेर बलिङ गर्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १७ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने भएको छ। त्रिवि क्रिकेट स्टेडियममा पोखराका कप्तान चमिका करुणारत्नेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्। आजको खेलमा पोखरा एभेन्जर्सले नियमित कप्तान कुशल भुर्तेललाई प्रतिस्थापन गर्दै कप्तानीको जिम्मेवारी चमिकालाई दिएको छ। लगातारको ३ हारपछि पोखराले कप्तान परिवर्तन गरेको हो।