नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:३३ AM
काठमाण्डु – नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले ४ डिसेम्बरमा इटलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल डिसेम्बर ६ तारिखमा युगाण्डासँग खेल्ने तालिका छ । त्यसपछि नेपालले १० डिसेम्बरमा