राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:३६ AM
काठमाण्डु- संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टर्न–हार्ट नेपाल आइपुगेका छन्। शनिबार राजधानीको होटल हिमालयमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएका हुन्। सम्मेलनका प्रमुख वक्तासमेत रहेका निक नेपाल आएको डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले जानकारी दिए।