काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि