धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न ल्याइएको अस्थायी पन्टुन पुल फुर्केखोलामा आइपुगेको छ।धादिङका १३ वटै स्थानीय तहको संयुक्त पहल र सहकार्यमा बर्दियाको राजापुरबाट पन्टुन पुल ल्याइएको हो। पुल आइपुगेपछि अब रङरोगन तथा जडानको काम अघि बढाइनेछ। आवश्यक तयारी पूरा गरी तिहारलगत्तै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार छिट्टै पुल जडानको काम सम्पन्न गरी याताया