काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डिला सङ्ग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरिरहेको आरोप लगाएकी छन्।शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर कांग्रेस सभापति गगनकुमार थापालाई बदनाम गराउन खोजेको उल्लेख गरिन्। आफ्ना काला कर्तुत लुकाउनकै लागि सरकारले थापालाई पक्रिने हल्ला फैलाएको उनको दाबी छ।महामन्त्री सङ्ग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्