मृतक र बसाइँसरेकाको नाममा भत्ता निकालेर ३१ लाख झ्वाम, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:१८ AM
काठमाण्डु– ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर