काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चालागाईंले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्दसँग प्रेम सम्बन्ध बिग्रिएपछि जबर्जस्ती करणीको मुद्दा दर्ता हुने प्रवृत्तिबारे प्रश्न गरेका छन्। संसदीय सुनुवाइ समितिको शुक्रबार जारी बैठकमा चालागाईंले युवायुवती सुरुमा आपसी सहमतिमा प्रेम सम्बन्धमा रहने तर सम्बन्ध बिग्रिएपछि जबर्जस्ती करणीको मुद्दा दर्ता हुने गरेका घटनाबारे बागचन्दको न्यायिक दृष्टिकोण मागेका