कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको फिल्मलाई पहिलो दिन विहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन् । यसका साथै फिल्मले पहिलो दिन २ करोड बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ