राज्य व्यवस्था समिति बैठक बोलाउन कांग्रेसको माग

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:१३ AM
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्को प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ। समितिमा रहेका कांग्रेसका चार जना सांसदले शुक्रबार तत्काल बैठक बोलाउन मागसहित समिति सभापति हरि ढकाललाई पत्र पठाएका हुन्। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७८ अनुसार निवेदन पेश गर्दै उनीहरूले राज्यका निकायलाई संसद्प्रति जवाफदेही बनाउन तथा आवश्यक छानबिन र निर्देशनका लागि अविलम्ब समितिको बैठक बोलाउन माग गरेका छन्। पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई ... The post राज्य व्यवस्था समिति बैठक बोलाउन कांग्रेसको माग appeared first on Kalika Khabar.