अर्घाखाँची : पाल्पामा स्थायी घर भएकी जमुना छोराको निधनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्न थालेकी थिइन्। त्यसपछि उनको जीवनले सहज बाटो समात्न सकेन। करिब ३० वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग संघर्ष गर्दै आएकी उनी अर्घाखाँचीको पाणिनी गाउँपालिका–३, खिदिममा बस्दै आएकी थिइन्।स्थानीय समाजसेवी मना केसी रायमाझीका अनुसार छोरा गुमाएपछि जमुनाको मानसिक अवस्था बिग्रँदै गएको थियो। जीवनका अनेकौँ कठिनाइबीच पनि उनले आफूलाई सकेसम्म आत्मनिर्भर बनाउने प्रयास भने छाडिनन्।एउटी आमाका लागि सन्तान