काठमाडौं : सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।आयोगले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय ओपबहादुर कार्की र अभय कुमार गुप्ता,निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी,तत्कालीन एमआईएस अपरेटर खिला विक र सोही गाउँपालिका वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष शुक्रविर