काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १६ औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १७६ रन बनाएको हो। पावरप्लेमा बिना कुनै विकेटको क्षती ६३ रन बनाएको थियो। पावरप्लेमा राम्रो सुरुवात गरेको सुदूरपश्चिम रोयल्सले मध्यक्रमको सुरुवातमा केही समय खुलेर खेल्न सकेन। त्यसपछि पुनः सुदूर लयमा फर्किएको थियो। पहिलो विक