काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जोडदार माग गरेको छ।अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघका पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गर्दै ध्यानाकर्षण गराएको हो। भेटका क्रममा महासंघले अध्यादेशका प्रावधानहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने गम्भीर प्रभावबारे राष्ट्रपतिलाई अवगत गराएको छ। संसद्लाई छलेर र मु