काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी दिएका उजुरीकर्तासँग शुक्रबार छलफल सकिएको छ। बोधनारायण श्रेष्ठ सभापति रहेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरू गर्न शुक्रबार चारैजनाविरुद्ध उजुरी दिएकाहरूसँग छलफल गरेको हो । समितिले बिहीबार नै १३ वटा उजरीको पोको खोलेको थियो । समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द,