सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता, कात्तिक ३० मा पेसी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०८:४१ AM
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ। रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको अदालत स्रोतले जनाएको छ। कार्कीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सरकारी निर्णय बदर गरी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।