काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको १६ औं खेलमा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा बिना कुनै विकेटको क्षती ६३ रन बनाएको छ।सुदूरपश्चिम रोयल्सका लागि दुई ओपनरले निकै राम्रो सुरुवात दिएका छन्। ओपनर विनोद भण्डारी २५ र सैफ जैब ३२ रन बनाएर खेलिरहेका छन्। कर्णाली याक्सले पावरप्लेमा ४ जना बलर लगाएर पनि विकेट निकाल्न सकेन। कर्णाली य