काठमाडौं : सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत प्रेस काउन्सिलसम्बन्धी कानुनी संरचना परिवर्तन गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष औपचारिक अनुरोध गर्ने भएको छ।अध्यादेशका प्रावधानहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने जोखिम बढेकाले महासंघले राष्ट्रपतिलाई अनुरोध गर्ने तयारी गरेको अध्यक्ष निर्मला शर्माले बताइन्।नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले बिहीबार ललितपुरमा आयोजना गरेको ‘मिडिया काउन