गोरखाको उत्तरी विकट गाउँ चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:४८ AM
बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको