जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–६ कटारी चोकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ का २० वर्षीय सुरेन्द्र यादव रहेका छन् । प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पालका अनुसार कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको बा.प्र.०२–००५ प ... The post सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ appeared first on Kalika Khabar.