आज धनतेरस : सुन, चाँदी र तामाका भाँडाकुडा खरिद गर्ने परम्परा

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:०० AM
काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन,चाँदी,तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने परम्परा छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भइ बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।आजको दिनलाई धन त्रयोदशी,भाण्ड त्रयोदशीजस्ता नामलेसमेत चिनि