काठमाडौं : सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट बेवारिसे अवस्थामा ८ थान अवैध भरुवा बन्दुक बरामद भएको छ।बिहीबार उक्त सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उक्त बन्दुकहरू फेला परेका हुन् ।बरामद भएका ८ थान भरुवा बन्दुकमध्ये ५ थान साबुत र ३ थान बेसाबुत रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।