बुटवल : बुटवल र भैरहवाका चोकचोकमा सस्तो मूल्यका फूल र मालाहरूहरूसँग यहाँका उद्यमी किसानलाई प्रतिस्पर्धा गर्न धौ—धौ छ। नेपाली बजारको तुलनामा भारतीय फूलमालाहरू आधा मूल्यमै पाइन्छन्। त्यसैका कारण यहाँका उद्यमी र किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन्।त्यही चुनौतीको चाङसँग जुध्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पश्चिम पउनेबाँसघारीकी ३६ वर्षीया कपिला काफ्लेले ६ कठ्ठा जग्गा क्षेत्रफलमा फूलखेती गरेकी छिन्। चार वर्षदेखि निरन्तर उनले सयपत्री फूलखेती गरेर आम्दानीको भरपर्दो स्रोत बनाएकी हुन्। तिल