ब्याडमिन्टनको जिल्ला छनोट सम्पन्न, १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० AM
कपिलवस्तु : आगामी मङ्सिर १८ देखि २६ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० जना खेलाडी छनोट भएका छन्।लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जिल्लाबाट ५ जना पुरुष र ५ जना महिला खेलाडी छनोट गरिएको हो।कात्तिक १६ गते सम्पन्न जिल्ला छनोट प्रतियोगितामा कपिलवस्तुका ६ स्थानीय तहबाट ४५ जना पुरुष र ६ जना महिला गरी कुल ५१ जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मीन पाख्रेलले जानकारी