अमेरिकी सेयर बजारमा भारी गिरावट : ट्रम्पले मध्यावधि चुनावको परिणामलाई दिए दोष

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि सर्वसाधारण जनतालाई जिम्मेवार ठहराएका छन्।सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले लेखेका छन्, 'डेमोक्रेटिक पार्टीले मंगलबार ठूलो जित हासिल गरेकै कारण आज सेयर बजार ओरालो लागेको हो। यो देख्दा अत्यन्तै दुःख लाग्छ। यसका लागि तपाईंहरू स्वयं जिम्मेवार हुनुहुन्छ।'अर्को पोस्टमा उनले अगाडि लेखेका छन्, 'निर्वाचन परिणामका आधारमा सेयर बजारको इतिहासकै यो सबैभन्दा खराब दिनमध्ये