दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको