कांग्रेसभित्र पसेको ‘त्रासको हावा’

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : झापाका इनम सापकोटासँग जोडिएका अनेक अडियो सार्वजनिक भए। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेको समाचार पनि आए।असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबी गरेपछि १५औं महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्वमा हलचल मच्चिएको छ।इनम तरंग चलिरहेका बेला प्रधानमन्त्री शाहले कात्तिक १५ गते फे