अमेरिकी मध्यावधि निर्वाचनको असर सेयर बजारमा, प्रविधि कम्पनीहरूको मूल्यमा १ ट्रिलियन डलरभन्दा बढी गिरावट

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०० AM
काठमाडौं : अमेरिकाको मध्यावधि निर्वाचनपछि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा सुस्तता आउन सक्ने आशंकाले विश्वका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । निर्वाचनमा एआई विस्तार तथा डाटा सेन्टर निर्माणलाई नियन्त्रण गर्ने पक्षमा रहेका डेमोक्र्याटहरूले सफलता हासिल गरेपछि लगानीकर्तामा चिन्ता बढेको हो ।बिहीबार अमेरिकी सेयर बजारमा आएको भारी गिरावटका कारण प्रविधि क्षेत्रका कम्पनीहरूले खर्बौँ डलर बराबरको बजार पुँजीकरण गुमाएका छन् । प्रविधि कम्पनीहरूको कारोबार हुने प्रमुख