बैतडी : बैतडीमा शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकता बनाउनबाट वञ्चित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले घरमै वा घरपायक पर्ने स्थानमा पुगेर नागरिकता प्रदान गर्न थालेपछि अशक्त नागरिकलाई सहज भएको छ ।यसैक्रममा सुर्नया गाउँपालिका–८ कठमडाकी ७३ वर्षीया धाना साउदले जीवनको लामो समय नागरिकताविहीन भएर बिताएपछि बिहीबार नागरिकता प्राप्त गरेकी छन् । नागरिकता बनाउनुपर्ने जानकारीसमेत नभएकी उनी नागरिकता