काठमाण्डु– विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ। प्रणालीमा ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिएको र त्यसका आधारमा राज्यकोषबाट वितरण हुने विभिन्न अनुदान तथा सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले अनुसन्धान अघि बढाएको हो। मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच