प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एन आई सी एशिया क्यापिटलको २१ लाख सहयोग

  • बिहीबार २० कात्िक २०८३ १०:०० PM
काठमाडौं : एन आई सी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २१ लाख आर्थिक सहयोग प्रदान गरेको छ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न प्रभावित क्षेत्रका नागरिकको उद्दार, राहत, र पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यका सहयोग प्रदान गरिएको हो।