नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पाँच दिनमा सवारीसाधनको