काठमाण्डु– प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि डलर तथा सुन ठगी र लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब ६ः३० बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा अमेरिकी