वीरगन्ज : भारतबाट राजस्व छलेर भित्र्याइएको ३२ लाख बढीको माछासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संसंयुक्त टोलीले वीरगन्ज महानगरपालिका– २५ आईसीपी सडकखण्डबाट प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो कालो रंगको मालवाहक ट्रक रोकेर चेकजाँच गरेको थियो। त्यसक्रमा उक्त ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापन पत्र रहेको र उक्त ट्रकमा रहेको आवश्