ब्याटिङ नचल्दा विराटनगरको तेस्रो हार, काठमाडौं ९ विकेटले विजयी

  • बिहीबार २० कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १५औं खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर ब्याटिङमा कोल्याप्स हुँदा १८.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो। विराटनगरले दिएको ८४ रनको सहज लक्ष्य काठमाडौंले ९.४ ओभरमा ८६ विकेट गुमाउँदै पूरा गर्‍यो। जारी संस्करणको यो सबैभन्दा कम योगफल हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिम रोयल्सले ८७ रन बनाउँदै १७.२ ओभरमा अलआउट भएको थियो।काठ