काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘ब्रान्ड नेपाल’ सम्बन्धी परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रममा बोल्दै उनले नेपालको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठालाई विकास तथा परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताए