अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

  • बिहीबार २० कात्िक २०८३ ०२:१३ PM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ । उनले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको